
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले मोरङको कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले विराटनगर महानगरपालिका–४ मा बिहीबारदेखि कञ्चनबारी शाखा सञ्चालनमा ल्याएको हो ।
यो शाखा सहित बैंकको शाखा संख्या २७३ पुगेको छ । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रदेश प्रमुखले नयाँ शाखाबाट ग्राहलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरु उपलब्ध हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4