
काठमाडौं । प्रदर्शन मिति सर्ने हल्लाको बीच फिल्म ‘एक्टर’ले बिहीबार क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा आना शर्मालाई पात्रको रुपमा फिचर्ड गरिएको छ ।
पोस्टरमा उनी सहरिया युवतीको भूमिकामा चित्रित छिन् । उनको चरित्रको नाम प्रकृति उल्लेख छ । यसअघि यो फिल्मका तीन पोस्टर सार्वजनिक थिए ।
यो फिल्म कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज तयारीमा छ । प्रदर्शन मिति सर्ने हल्लाको बीचमा पोस्टरमा ल्याएर निर्माताले प्रदर्शन मिति यथावत् रहेको सन्देश दिन खोजेका छन् ।
राजन भुसालको निर्देशन रहेको फिल्ममा आनासँगै प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायतको अभिनय छ । अदृत फिल्म्स र मोती फिल्म्सको प्रस्तुतिमा थमन भण्डारीले फिल्म निर्माण गरेका हुन् । अनिल भुसाल सहनिर्माता हुन् ।
फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापाको कोरियोग्राफी रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व, कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलेस बस्नेत, रोहित शाक्य र एलिश कार्कीको संगीत छ । वितरणको जिम्मा एप्पल इन्टरटेनमेन्ट र डिजिटल सिनेमा नेपालले लिएका छन् ।
प्रतिक्रिया 4