+
+

इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १७:५४

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सुवेदी साइबर ब्यूरोमा कार्यरत हुँदा मुद्दा मिलाइदिन्छु भनेर मुद्दाका पक्षसँग ९९ हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?