+
+

विश्व बैंकसँगको साझेदारीमा सामाजिक संरक्षण सम्मेलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १८:००

२७ भदौ, काठमाडौं । नेपाल सरकार, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) सँगको साझेदारीमा सामाजिक संरक्षण सम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सम्मेलन उद्घाटन गरे । उनले गरिबी न्यूनीकरण, उत्थानशील निर्माण र भावी पुस्ताको मानव पूँजीमा लगानी गर्न सामाजिक संरक्षणलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्मेलनमा छलफल हुने बताए ।

‘नेपालले आफ्नो मानव पूँजी निर्माणमा लगानी बढाउँदै गरेको समयमा सम्मेलन आयोजना भएको छ, हामी भावी पुस्ता र बालबालिकाका आवश्यकता पूरा गर्न थप समावेशी सामाजिक संरक्षण प्रणाली निर्माण गर्न प्रतिबद्ध छौं,’ उनले भने ।

नेपाल तीव्र आर्थिक, सामाजिक र जनसाङ्ख्यिकीय परिवर्तनबाट गुज्रिरहेको भन्दै अझै २० प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनी बाँचिरहेको बताए ।

उनले आर्थिक–सामाजिक असमानता अझै पनि चिन्ताको विषय रहेको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले १६औं योजनामार्फत मानव पूँजी निर्माणलाई उच्च प्राथमिकता प्रदान गरेको र यसका लागि बालबालिकामा लगानी बढाउन आवश्यक रहेको बताए ।

उनले मानव विकास साधन र साध्य दुवै हुने तथ्यलाई बिर्सन नहुने बताए ।

युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय बिजेसेकराले सर्वव्यापी बाल अनुदान कार्यक्रममार्फत गरिबीको अन्तर चक्रलाई तोड्न सकिने बताए ।

यो सम्मेलनले सन् २०१९ को सामाजिक संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले उठाएक मुद्दालाई अझ अगाडि बढाउने विश्व बैंकले जनाएको छ ।

सम्मेलनले बालबालिकाको सामाजिक संरक्षणलाई सुदृढ गर्ने र बाल अनुदानको विस्तार, एकीकृत सामाजिक लगत स्थापना, नगद प्लस दृष्टिकोणको बढ्दो प्रयोग, उत्पादनमूलक क्षेत्रमा लगानी, औपचारिक र अनौपचारिक क्षेत्रका लागि रोजगारी र सामाजिक सुरक्षा जस्ता नीतिगत बहसमा जोड दिइएको छ ।

सम्मेलनमा नेपाल सरकार, युनिसेफ, विश्व बैंक र विश्वव्यापी सामाजिक संरक्षण क्षेत्रका विज्ञ र विभिन्न क्षेत्रका सरोकारवाला सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?