+
+

टप १० ब्रोकर कम्पनीमध्ये ८ को खरिद धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १८:०९

२७ भदौ, काठमाडौं । बिहीबार सेयर बजारमा कुल ८ अर्ब १६ करोडको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीहरूको हिस्सा ३५ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीहरूले यस दिन कुल ३ अर्ब १ करोडको खरिद गर्दा २ अर्ब ७७ करोड रुपैयाँको बिक्री गरे ।

टप १० ब्रोकर कम्पनीमध्ये यस दिन ८ ब्रोकर कम्पनीको खरिद धेरै देखिएको छ । नासा, भिजन, इम्पेरियल, सुमेरु, सनी, अनलाइन, डायनामिक र दिपशिखाको खरिद धेरै भएको छ । त्यस्तै दुई ब्रोकर कम्पनी एबीसी र आर्यतारामार्फत भने बिक्री धेरै भएको छ ।

यी ब्रोकर कम्पनीमार्फत यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर लगायत कम्पनीको कारोबार उच्च रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?