+
+

महिला, बालबालिका र किशोरकिशोरीको पोषणस्थिति सुधार गर्ने नयाँ परियोजना सुरू

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १८:५७

२७ भदौं, काठमाडौं। विपन्न र सीमान्तकृत समुदायका महिला, बालबालिका र किशोरकिशोरीहरूको पोषणस्थिति सुधार गर्ने नयाँ परियोजना आजदेखि सुरू भएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को ७ करोड २० लाख अमेरिकी डलर अनुदान सहयोगमा कार्यान्वयन हुने पाँच वर्षे युएसएआइडी एकीकृत पोषण परियोजनाको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बिहीबार शुभारम्भ गरेका छन् ।

युएसएआईडी एकीकृत पोषण परियोजनाले घरपरिवार तथा समुदायस्तरमा स्वास्थ्य, पोषण, र स्वच्छता अभ्यासहरू सुधार गर्न, स्वास्थ्य सेवाहरूको पहुँच र गुणस्तर वृद्धि गर्न, र पोषिलो तथा विविधतापुर्ण खानामा सीमान्तकृत समुदायको पहुँच बढाउन शासकीय सुधार गर्न संघीय, प्रादेशिक र स्थानीय सरकारहरूसँग काम गर्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

नेपालमा विसं २०६९ देखि बहुक्षेत्रीय पोषण योजना लागू भई कार्यान्वयन भैरहेको छ। देशको सात प्रदेशका ४८ जिल्लाका सबै ४९८ स्थानीय तहहरूमा कार्यान्वयन हुने यो तेश्रो परियोजनाले बहुक्षेत्रीय पोषण योजनाका लक्ष्य प्राप्त गर्न नेपाल सरकारका तीनै तहसंग समन्वय गरी काम गर्नेछ ।

यसबीच कार्यक्रमको शुभारम्भको अवसरमा बोल्दै पौडेलले पछिल्लो दशकमा मातृ तथा बाल पोषण सुधारमा प्रगति भए पनि दिगो विकास लक्ष्य हासिल गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘युएसएआइडी र नेपाल सरकार बीचको यो नयाँ सहकार्यले हामीलाई निरोगी पुस्ता बनाउने लक्ष्य प्राप्तिमा सघाउनेछ,’ मन्त्री पौडेलले भने ।

मन्त्रालयका सचिव डा.रोशन पोखरेलले नेपाली जनताको पोषण सुधारमा युएसएआईडीको निरन्तर र उल्लेख्य प्रतिबद्धता रहेको भन्दै नयाँ परियोजना हाम्रो यही दीर्घकालीन साझेदारीको थप प्रमाण भएको बताए ।

युएसएआईडीका नेपाल मिसन निर्देशक केटी डोनोहोले युएसएआईडी एकीकृत पोषण परियोजनामा नेपाल सरकारसँगको साझेदारीले पोषण स्थिति सुधार मात्र होइन भविष्यप्रति आशा र भरोसा पनि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?