+
+

क्यासिनो वाल्डोका मेनेजर जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १९:०१

२७ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएको ठमेलस्थित क्यासिनो वाल्डोका मेनेजर मिन्ट सिंह टेरेन्स टिस कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

अदालततको आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।

टेरेन्स छायाँ सेन्टरमा रहेको क्यासिनोका मेनेजर हुन् । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

सुरुमा उनीविरुद्ध मुद्दा चलेको थिएन । तर, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन जाँचबुझ आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । त्यसपछि उनलाई पनि प्रतिवादी बनाएर पूरक अभियोग लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?