+

सन्दीपको अमेरिकाको भिसा प्रक्रिया के भइरहेको छ ?

२०८१ भदौ  २७ गते १९:२५ २०८१ भदौ २७ गते १९:२५
सन्दीपको अमेरिकाको भिसा प्रक्रिया के भइरहेको छ ?

२७ भदौ, काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको अमेरिकाको भिसा प्रक्रियामा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

अध्यक्ष चतुरबहादुर चन्दका अनुसार एक दुई दिनमा भिसा आउने सम्भावना छ । ‘भिसा दिन्छु भनेको छ । स्पिनर बसिर अहमदसँगै सन्दीपको भिसा प्रोसेसमा छ । टी-२० विश्वकपमा तीन/चार जना खेलाडीको एक हप्तापछि भिसा आएको थियो । (सन्दीप र बसिरको) अब एक दुई दिनमा भिसा आउला’, उनले भने ।

नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक सिरिज खेल्न क्यानडा गएको छ । अमेरिकी दूतावासले सन्दीपको राहदानी राखेपनि क्यानडा जानुपर्ने भएपछि मागेर लगेको चन्द बताउँछन् ।

‘अमेरिकाले भिसा दिन्छु भनेको छ । अमेरिकाले दिन्छु भनेपछि नहुने भन्ने हुँदैन । पहिला पासपोर्ट चाहियो । त्यो क्यानडाबाट यता पठाउनुपर्छ । त्यसको लागि क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासले हेर्दै छन्’, उनले भने ।

सन्दीपलाई गत जुनमा आईसीसी टी–२० विश्वकप २०२४ खेल्न जान अमेरिकाले भिसा दिएको थिएन । त्यही कारण उनले टी–२० विश्वकपमा अमेरिकामा भएको नेदरल्यान्ड्स र श्रीलंकासँग खेल खेल्न पाएका थिएनन् ।

त्यसपछि नेपाली क्रिकेट टोली वेष्टइन्डिज पुगेर दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्दा सन्दीप विश्वकप टोलीमा थिए । तीव्र गतिका बलर प्रतिश जि.सीलाई बाहिर राख्दै सन्दीपले विश्वकपका अन्तिम दुई खेल खेलेका थिए ।

नेपाल, क्यानडा र अमेरिकाबीच लिग–२ १६ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपालले १६ सेप्टेम्बरमा क्यानडासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले लिग-२ मा क्यानडासँग १६ र २२ तथा ओमानसँग १८ र २४ सेप्टेम्बरसँग खेल्ने तालिका छ ।

त्यसपछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज सेप्टेम्बर २८ देखि ३ अक्टोबर सम्म हुनेछ ।

त्यसपछि नेपाल अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच लिग २ र त्रिकोणात्मक टी-२० आई सिरिज दुबै हुनेछ । नेपालले लिग–२ मा २७ अक्टोबरमा अमेरिकासँग खेल्दै सुरुवात गर्नेछ ।

अमेरिका भिसा प्रक्रिया सन्दीप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय