+
+

पर्सामा राहदानी विना होटलमा बसेका बंगलादेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते १९:४६

२७ भदौ, काठमाडौं। पर्सामा बिना राहदानी बसेका एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले बंगलादेशको सिलेट होबीगंज होल्डिङ बस्ने २९ वर्षीय महमद सहादत हुसेनलाई पक्राउ गरेको डीएसपी दिपक भारतीले बताए ।

उनका अनुसार, २६ भदौमा चाडपर्वलाई लक्षित गरेर वीरगञ्जका होटलहरुमा चेकजाँच गर्ने क्रममा उनी विना राहदानी बसेको फेला परेको थियो ।

त्यसक्रममा बसपार्कमा रहेको आर्यन होटल एण्ड लजको कोठा नं. २०२ बाट उनलाई पक्राउ गरिएको भारतीले जनाएका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?