
२७ भदौ, काठमाडौं। एक अन्तर्वार्तामा प्रयोग गरेको भाषालाई लिएर नेकपा एकीकृत समाजवादीले उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधेको छ ।
महासचिव घनश्याम भूसालले चौधरीसँग तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । प्रमुख सचेतक समेत रहेका चौधरीले टेलिभिजन अन्तर्वार्तामा नेपालको भौगोलिक अखण्डताबारे बोलेको थिए ।
‘…. तपाईंले लिपुलेक र कालापानीमाथि इण्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दावी पुग्छ उसको, दावी पुग्छ, भारतले लिन पाउँछ, …. (कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नुभएको रहेँछ’ स्पष्टीकरण पत्रमा भनिएको छ ।
चौधरीको अभिव्यक्ति मुलुकको अखण्डता र सार्वभौमिकताविरुद्ध भएकाले तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देन दिइएको छ ।
हेर्नुहोस् स्पष्टीकरण पत्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4