+
+

शान्तिश्री र साइराजको गायनमा ‘तेलभिसा’ले ल्यायो ‘तुकुनको मुकुन मन पर्‍या’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २०:००

काठमाडौं । आगामी मंसिर ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘तेल भिसा’को दोस्रो गीत ‘तुकुनको मुकुन मन पर्‍या’ सार्वजनिक भएको छ ।

विहीबार युट्युबमा सार्वजनिक गीतमा अभिनेता विपिन कार्की, पुजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन् ।

गीतमा कृष्ण भारद्धाजको संगीत, राजन इशानको एरेन्ज, निर्विकल्पम, कृष्ण भारद्धाज, शंकर अधिकारी घायल र नवीन बिकको शब्द रचना र शान्तिश्री परियार र साइराज खत्रीको स्वर छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा कार्कीले जवान र वृद्ध गरि दुई चरित्रमा अभिनय गरेका छन् । वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारको समेत अभिनय छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?