+
+

झण्डै ५० सहसचिव सरुवाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २०:४५

२७ भदौ, काठमाडौ । सरकारले एकैसाथ झण्डै ५० सहसचिवको सरुवा गर्ने तयारी गरेको छ । बिहीबारको मन्त्रिपरिषदमा सहसचिवको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवाबारे छलफल हुनेछ ।

गत ३१ साउनमा सरकारले एकसाथ ५९ सहसचिवहरुको सरुवा गरेको थियो । तर, सो लटमा धेरैजसो नियमित सरुवा हुनपर्ने भएपनि छुटेका सहसचिवहरु यसपटक सरुवाको सूचीमा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको राय सुझाव लिएर प्रस्तावित सूची तयार गरेको छ । केही मन्त्रीले राखेको चाहनाबमोजिम पनि तयार भएको सूची मन्त्रिपरिषद्मा पुगिसकेको छ ।

तर, अझै पनि राजनीतिक दबाबका कारण प्रस्तावित सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

लामो सयमदेखि एकै ठाउँमा कार्यरत रहेका, प्रदेशमा लामोे समय बिताएका र प्रदेश पठाउनुपर्ने ठहर भएकाहरु सरुवाको सूचीमा छन् ।

यसअघि ३१ साउनमा ५९ जना सहसचिव सरुवा गर्दा असन्तष्ुट रहेका केही सहसचिवहरु समेत यसपटक सरुवा हुनेछन् ।

केही मन्त्रीहरुले पनि आफू अनुकुलका कर्मचारीहरु ल्याउन प्रयत्न गरेकाले यसपटक नियमित सरुवाबाहेकका केही सहसचिवहरु सरुवा हुन सक्ने सम्भावना छ ।

को–को सहसचिवको कुन मन्त्रालय र निकायमा सरुवा हुँदैछन् भन्ने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?