+
+

‘शाम्बाला’ नेपालबाट अस्कर अवार्डमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २०:५१

काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ ।

आवेदन दिने अन्तिम मिति विहिबारसम्म यो फिल्मले मात्र आवेदन दिएको अस्करको नेपाल छनोट समितिले जनाएको छ ।

अब सिफारिस प्रक्रियाले औपचारिकता पाउन मात्र बाँकी छ । समितिका अध्यक्ष तथा चलचित्र विकास बोर्डका सदस्य राजु केसीले एक मात्र आवेदन परेकाले ‘शाम्बाला’ निर्विरोध सिफारिस हुने बताए ।

यसको औपचारिक घोषणा शुक्रबार गर्ने तयारी छ । अब ‘शाम्बाला’ले अस्करको अन्तर्राष्ट्रिय फिचर विधामा भाग लिनेछ ।

नेपालको छनोट समितिले फिल्मलाई नोेभम्बरसम्म अमेरिका पठाइसक्नुपर्नेछ । ९७ औं अस्कर अवार्ड ३ मार्च, २०२५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

‘शाम्बाला’ शुक्रबारदेखि नेपाली हलमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?