+
+

२ जना सचिवको सरुवा, वाणिज्यमा आए कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २७ गते २१:५९

२७ भदौ, काठमाडौं । सरकारले २ जना सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरेको छ ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी गोकर्णमणि दुवाडी गृह सचिवमा सरुवा गरेको थियो । तथ्यांक कार्यालयको रिक्त सचिव पदमा वाणिज्य सचिव रहेका मरासिनीको सरुवा भएको एक मन्त्रीले जानकारी दिए ।

गत १४ साउनमा प्राकृतिक स्रोत तथा वित्त आयोगबाट उनी वाणिज्य सचिवमा सरूवा भएका थिए ।

यस्तै गत बिहीबारको मन्त्रिपरिषद बैठकबाट सचिवमा बढुवा भएका गोबिन्दबहादुर कार्की वाणिज्य सचिव बनेका छन् । मन्त्रिपरिषद बैठकले बाग्मती प्रदेशको प्रमुख सचिव रहेका कार्कीलाई वाणिज्य सचिवमा सरुवा गरिएको हो ।

गत बिहीबारको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति कार्यालयका सचिव मधुकुमार मरासिनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको थियो । गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव रहेकी लक्ष्मीकुमारी बस्नेत उपराष्ट्रपति कार्यालयमा सरुवा भएकी थिइन् ।

बिहीबारको मन्त्रिपरिषदले प्रशासनका १४ जना र प्राविधिकतर्फका ३६ जना सहसचिवको पनि सरुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?