+
+

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ६:३७

२८ भदौ, काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

भारी र धेरै भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ । शनिबार दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘भारी वर्षा’ भन्नाले २४ घण्टाको अवधिमा ५० मिलिमिटरभन्दा बढी र १०० मिलिमिटरसम्म पानी परेकोलाई जनाउँछ । ‘धेरै भारी’ वर्षा भन्नाले २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा बढी २०० मिलिमिटरभन्दा कम पानी परेको अवस्थालाई जनाउँछ । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा पनि धेरै पानी पर्यो भने त्यो अवस्थालाई ‘अति भारी वर्षा’ भन्ने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तयार पारेको मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली हेर्नुहोस् –

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?