+
+

डडेल्धुरामा पहिरोले राजमार्ग अवरूद्व

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ७:०४

२८ भदौ, धनगढी । अविरल वर्षापछि खसेकाे पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएकाे छ । बिहीबार राति खसेकाे पहिरोले गन्यापधुरा गाउँपालिका-१ काे साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएको छ ।

साहुखर्कमा बिहीबार साँझदेखि नै पहिराे खसिरहेकाे थियाे । डाेजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए । तर राति ११ बजे भने ठूलाे पहिराे खसेकाले अवराेध हटाउन समय लाग्ने देखिएकाे प्रहरीले जनाएको छ ।

राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै राेकिएका छन् ।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका-२ काे रडुवामा समेत पहिराे खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएकाे छ भने आलितालमा खसेकाे पहिराेले जाेगबुढा-बुडर सडक पनि बन्द भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?