+
+

एमालेको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ७:२२

२८ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र पार्टीका कामकारबाहीका विषयमा छलफल हुने छ ।

नेकपा एमालेका कार्यालय सचिव भीष्म अधिकारीले समसामयिक विषय र पोलिटव्युरो बैठकले पार्टीको वार्षिक कार्ययोजनाबारे दिएको सुझावबारे छलफल हुने बताए ।

एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो । सदस्यहरुले दिएका सुझाव समेटेर कार्ययोजनालाई अन्तिम रुप दिन पार्टी सचिवालयलाई जिम्मा दिइएको थियो ।

बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाउने सम्भावना छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यी विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलसमेत गरेका थिए ।

अध्यक्ष ओलीले तीन शीर्ष नेताबीच भएको छलफल र राजनीतिक परिस्थितिबारे सचिवालय सदस्यहरुलाई जानकारी गराउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?