+
+

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, प्रदेश निजामती सेवा ऐन संशोधन विधेयक पेश हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ७:४५

२८ भदौ, दाङ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको ३१ औं बैठक आज बस्दैछ ।

बिहान ११ बजे बस्ने बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने सम्भावित कार्यसूची छ ।

प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा धारणा राखिसकपछि मुख्यमन्त्री चेतनारायण आचार्यले ‘प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने छन् ।

मुख्यमन्त्री आचार्यले नै ‘प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी समेत रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?