+
+

कैलालीमा खैरो हेरोइनसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ८:०३

२८ भदौ, धनगढी । कैलालीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया– २ का ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २५ रतिराम चौधरी, वडा नम्बर ३ बस्ने २४ वर्षीय ज्ञानेन्द्र विक र लम्किचुहा नगरपालिका– ८ का ३० वर्षीय जनक बडुवाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार बिहीबार बर्दगोरिया गाउँपालिका–२ स्थित रामबहादुर चौधरीको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा ४.२१० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट ५ थान मोबाइल, लागुऔषध नाप्ने डिजिटल तराजु लगायतका सामान समेत बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?