+
+

यो साता बजारमा मूल्य धेरै घटबढ भएका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १८:०५

२८ भदौ, काठमाडौं । गत साता २७२७ अंकमा रहेको सेयर बजार यो साता २६८८ अंकमा कायम भएको छ । गत साताको तुलनामा यो साता सेयर बजार ३९ अंक अर्थात् १.४ प्रतिशत घटेको छ ।

यो साता बजारको गिरावट दर गत साताभन्दा ठूलो हो । गत साता ०.८ प्रतिशतले घटेको थियो । पहिलो कारोबार दिन आइतबार बजार २५.४६ अंक घटेकोमा सोमबार ५५.८६, मंगलबार १३.०९ र बुधबार २२.७३ अंक घट्यो । तर अन्तिम दिन बिहीबार भने ७८.३१ अंक बढ्यो ।

कारोबार रकम पनि खुम्चिइरहेको छ । साउनको अन्तिम दिन ३० अर्बसम्म पुगेको कारोबार अहिले १० अर्बमुनि सीमित हुन थालेको छ । यो साता एक दिन मात्रै १० अर्बमाथिको कारोबार भयो । आइतबार १० अर्ब १२ करोड, सोमबार ९ अर्ब ४३ करोड, मंगलबार ७ अर्ब २४ करोड, बुधबार ६ अर्ब ८५ करोड तथा बिहीबार ८ अर्ब १६ करोडको कारोबार भयो ।

लगानी बढ्दा जीवन बीमामा उच्च गिरावट

यो साता एउटा सेक्टर लगानी मात्रै पोजेटिभ रह्यो । सो समूह १.८३ प्रतिशत बढ्यो । अरु सबै सेक्टर घटेका छन् । यो समूहमा ७ कम्पनी सूचीकृत छन् ।

यो साता यसै समूहको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य सबैभन्दा धेरै २०.७५ प्रतिशत बढ्यो । योबाहेक अन्य कम्पनी इमर्जिङ नेपाल तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य उच्च दरमा बढेपछि समग्र सेक्टरलाई योगदान पुग्यो ।

यो साता सेयर बजारमा जीवन बीमा समूहमा भने ३.१ प्रतिशतको उच्च गिरावट देखियो । बजारमा १२ जीवन बीमा कम्पनी सूचीकृत छन् । सूचीकृत यी अधिकांश कम्पनीको मूल्य घटेपछि समूहमा प्रभाव देखिएको छ ।

उच्च कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा उच्च कारोबार हुने कम्पनीमा सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, गुडविल फाइनान्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, ग्रीनलाइफ हाइड्रो र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

त्यस्तै कारोबार संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स, निफ्रा, सीईडीबी हाइड्रोपावर, अपी पावर, माथिल्लो तामाकोशी, प्रभु बैंक, कुमारी बैंक, एचआईडीसीएल, शिवम् सिमेन्ट तथा हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?