+
+

उर्लिए कर्णाली र बबई, खतराको तह पार

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ९:१५
महाकालीको बाढी । फाइल फोटो

२८ भदौ, काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षासँगै ठूला नदीहरुमा सतह बढेको छ । महाकाली, कर्णाली र बबई नदीमा बाढी उर्लिएको छ । यी तीनवटै नदीको बाढीले खतराको तह पार गरेका छन् ।

यो समाचार तयार पार्दासम्म डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीको बाढीको सतह ८.७६ मिटर पुगेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो ।

यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ४.२ मिटर पुगेको छ । यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा छ ।

यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । यो समाचार तयार पार्दासम्म महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.३२ मिटर पुगेको छ ।

यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ७.२ मिटर पुगेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?