+
+

बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ९:३९

२८ भदौ, पोखरा । मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइतेको अवस्था गम्भीर छ ।

नरेठाँटी प्रहरी चौकीका अनुसार रा १ झ २०० नम्बरको सरकारी पिकअप गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

शव भिरमा अप्ठ्यारो ठाउँमा रहेकाले निकाल्न कठिन भइरहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान पनि खुलेको छैन ।

एक जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले तीन जनाको मृत्यु भएको पुष्टि गरे । उक्त गाडीमा कति जना सवार थिए भन्ने खुलेको छैन । त्यसैले नेपाली सेना र सशस्त्र प्रहरीको टोली खोज तथा उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?