+
+

बागलुङमा दुर्घटना भएको सरकारी गाडीमा थिए पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १०:०३

२८ भदौ, काठमाडौं । बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । उक्त गाडीमा जनप्रतिनिधि र कर्मचारीहरु सवार थिए ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर सडकबाट करिब ३ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष छन् । मृतकको सनाखत हुन बाँकी छ ।

घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी सवार सरकारी गाडी दुर्घटना भएको बताए । दुर्घटनास्थल अप्ठ्यारो भिरमा भएकाले शव निकाल्न पनि कठिन भइरहेको छ ।

गाडीमा को–को थिए र कति जना सवार थिए भन्ने पनि खुलेको छैन । दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?