+
+

‘रंगी’बाट फिल्ममा डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १२:०३

काठमाडौं । पूर्वमिस नेपाल तथा टेलिभिजन पर्सनालिटी नम्रता श्रेष्ठले कथानक फिल्ममा डेब्यु गर्ने भएकी छन् । सलोन बस्नेतले निर्माण गर्न लागेको आगामी फिल्म ‘रंगी’मा उनी शीर्ष नायिकाको भूमिकामा नम्रता अनुबन्धित भएकी हुन् ।

स्क्रिप्ट मन परेपछि अब फिल्म खेल्न तयार भएको श्रेष्ठले बताइन् । ‘स्क्रिप्ट पढ्दा मैले स्कुल पढ्दाको समय सम्झिएँ । यसमा मेरो क्यारेक्टर पनि रमाइलो खालको छ, म युवावस्थाको छु, तर मेरो नेचर बच्चाको जस्तो छ’ उनले भनिन् ।

यसअघि आफूलाई एक वेब-सिरिजको लागि अफर आएपनि आफ्नो भूमिका चुनौतीपूर्ण र विवादास्पद लागेकाले अभिनय नगरेको बताइन् । ‘प्रस्ताव गरिएको स्क्रिप्टमा मेरो क्यारेक्टर अलि कन्ट्रोभर्सियल किसिमको थियो । म सोझी छु । तर वेब सिरिजको क्यारेक्टर ग्ल्यामर किसिमको भएकाले विवाद आउँछ भनेर मैले काम गरिनँ’ उनले भनिन् ।

नम्रताले यतिबेला टिभी शो ‘कमेडी दरबार’को होस्ट गरिरहेकी छन् । यसअघि ‘नेपाल लोकस्टार’को सिजन २ पनि होस्ट गरेकी थिइन्, जसमा उनलाई प्रकाश सपुतले साथ दिएका थिए ।

यो फिल्मलाई ‘छक्कापञ्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ लगायतमा मुख्य सहायक निर्देशनको अनुभव संगालेका सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । यो उनको डेब्यु निर्देशन हुनेछ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा फिल्म बन्न लागेको हो । सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?