+
+

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ११:५९

२८ भदौ, काठमाडौं । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केजरीवाल मदिरा नीतिमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका थिए ।

भारतीय समाचार पीटीआईका अनुसार न्यायाधीश उज्जल भुयनले धरौटीमा रिहा गर्न सीबीआईलाई आदेश दिँदै भनेका छन्, ‘उनी पिँजडामा बन्द सुगा होइनन् भनेर देखाउनुपर्छ ।’

यसअघि केजरीवालले सीबीआईमा दुईवटा निवेदन दिएका थिए । एउटा निवेदन धरौटीमा रिहा गर्न नमानेको विरोधमा र अर्को निवेदन सीबीआईले आफूलाई पक्राउ गरेको विरोधमा थियो । तर सर्वोच्चले सीबीआईले गरेको केजरीवालको गिरफ्तारी कानुनसम्मत भएको ठहर गरेको थियो ।

भारतको आम निर्वाचनको बेलामा भने चुनाव सकिएलगत्तै हिरासतमै बस्नुपर्ने सर्तमा केजरीवाल केही दिन रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?