+
+

कीर्तिपुरको मासु पसलबाट डेढ किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १२:०५

२८ भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ ।

पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको हो । गाँजाका साथै नियन्त्रित लागुऔषध ट्रामाडोल १२० पत्ता, नाइट्राभेट पनि बरामद गरिएको छ ।

प्रहरीले मासु पसलका सञ्चालक धादिङको सिद्धलेख गाउँपालिका–३ चालिसेका ३० वर्षीय विष्णु श्रेष्ठसहित चार जनालाई पक्राउ गरेको छ ।

त्यसैगरी चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित ललितपुर महानगरपालिका–१४ नख्खिपोट बस्ने ३९ वर्षीय नरेश वनेमलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १८०८ नम्बरको बसको डिक्कीमा कागजात नभएको कुरियरको सामान तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?