+

कीर्तिमानी पलेशाले पाइन् ६५ लाख

२०८१ भदौ  २८ गते १२:४८ २०८१ भदौ २८ गते १२:४८
कीर्तिमानी पलेशाले पाइन् ६५ लाख

२८ भदौ, काठमाडौं। पेरिस पारा लिम्पिक्समा २०२४मा ऐतिहासिक कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ दिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधान्मन्त्री केपी शर्मा ओलीले पलेशालाई ६५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

साथै प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । राष्टिय खेलकुद विकास नियमावली अनुसार उनीहरुले उक्त पुरस्कार रकम पाएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिएको बताए।

पलेशा नेपाली ओलम्पिक ६ दशक सहभागी इतिहासमा पदक जित्ने पहिलो खेलाडी हुन् । पलेशाले दुई साता अघि के ४४ क्याटेगोरी ५७ केजी मुनी प्रतिस्पर्धामा सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै पदक जितेकी हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टंकलाल घिसिङ, नेपाल तेक्वन्दो सङ्घका पदाधिकारीलगायत सहभागी थिए।

 तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

         

पलेशा गोवर्धन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय