+
+

करिश्मा, माग्ने बुढासहितका कलाकार उडे न्युयोर्क

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १२:५३

काठमाडौं । करिश्मा मानन्धर, केदार घिमिरे ‘माग्ने बुढा’सहितका कलाकार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । सातौं एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड समारोहमा सहभागी हुन कलाकारको जम्बो टोली त्यता उडेको हो ।

‘नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको अवार्ड समारोहका लागि करिश्मा र माग्ने बुढासहित शम्भुजीत बास्कोटा, बसुन्धरा भुसाल, कृष्ण मल्ल, शर्मिला मल्ल, रवीन्द्र खड्का, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्री पनि त्यसतर्फ उडेका हुन् ।

यही समारोहका लागि अन्य कलाकार पनि केही दिनअघि न्युयोक पुगिसकेका छन् । त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीले जनाएअनुसार अमेरिकास्थित नेपाली कलाकारको पनि यसमा बाक्लो सहभागिता हुनेछ ।

फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड समारोह आयोजना गरिएको नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । संसारभर छरिएर बसेका नेपाली फिल्मकर्मी र कलाकारलार्ई एकै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले बताए ।

अमेरिकामा पछिल्लो समय फिल्म र संगीत क्षेत्रका कार्यक्रम धमाधम भइरहेका छन् । लोकरक ब्याण्ड नेपथ्यले यसैसाता एक महिना लामो अमेरिका टुर सम्पन्न गरेको छ । शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर लगायतका कलाकारले ‘अब नाच्छ अमेरिका’ अभियानमा भाग लिइरहेका छन् ।  गायक यम बराल पनि अमेरिकाका विभिन्न सहरमा हुने कार्यक्रममा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?