+
+

बालिका बलात्कारको मुद्दामा थुनामा रहेका इन्स्पेक्टर शिवाकोटी धरौटीमा छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १३:०७

२८ भदौ, काठमाडौं । बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

उच्च अदालत पाटनका न्यायाधीशद्धय टेकप्रसाद गुरुङ र हेमन्त रावलको इजलासले इन्सपेक्टर शिवाकोटीलाई ३ लाख धरौटीमा छाड्न बिहीबार आदेश दिएको उच्च अदालतका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले बताए ।

उनी बिहीबार नै धरौटी बुझाएर रिहा भएका छन् । यसअघि शिवाकोटीलाई १९ असारमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

शिवाकोटी आफ्नो घरमा घरेलु श्रमिकका रुपमा राखिएकी १२ वर्षकी बालिकालाई जबरस्ती करणी गरेको आरोपमा २३ जेठमा उनी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?