+
+

लेखाका कर्मचारी निजी प्रयासमा विदेश भ्रमण जाँदा महालेखाबाट पूर्वस्वीकृति लिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १३:२३

२८ भदौ, काठमाडौं । महालेखा नियन्त्रकको कार्यालय तथा मातहत कार्यालयका कर्मचारीले निजी प्रयासमा विदेश अध्ययन, तालिम वा भ्रमणमा जान चाहेमा पनि अब महालेखा कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने भएको छ ।

कार्यालयले यसै साता निजी प्रयासमा वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणका लागि पूर्वस्वीकृति लिने सम्बन्धी परिपत्र जारी गरेको छ ।

आफू कार्यरत कार्यालय र पद अनुसारको काम, कर्तव्य र जिम्मेवारीसँग तादात्म्य हुने गरी मात्र यस किसिमका कार्यक्रममा सहभागी हुन पूर्व स्वीकृति लिनु पर्ने भएको छ ।

आवेदनसाथ अध्ययन, तालिम वा अध्ययन भ्रमणमा सहभागी हुन पेस गरेको निवेदनमा प्रस्तुत कार्यविवरण राख्नु पर्ने समेत परिपत्रमा उल्लेख छ ।

वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणका लागि पूर्वस्वीकृति लिन निवेदन दिएका कर्मचारीले तालिम तथा अध्ययन कार्यक्रम प्रदायक संस्थाले निश्चित गरेका सर्त पालना गर्ने गरी तोकिएको ढाँचामा कबुलियतनामा गर्नुपर्ने भएको छ ।

त्यस्तो तालिम वा अध्ययन कार्यक्रममा कुनै कारणले निजी कर्मचारी सहभागी नभई कुनै दायित्व सिर्जना भएमा त्यसको भुक्तानी निज कर्मचारीले नै भुक्तानी गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

निजी प्रयासमा वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणका लागि एक पटक छनोट भइरहेको कर्मचारीले न्यूनतम तीन महिना व्यतित नभई अर्को कार्यक्रमका लागि सहमति नपाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?