+
+

‘शाम्बाला’ हेर्न राजकुमार हिरानी नेपाल आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १३:२३

काठमाडौं । फिल्म ‘शाम्बाला’ हेर्न प्रसिद्ध बलिउड निर्देशक राजकुमार हिरानी नेपाल आउने भएका छन् । अर्को साता उनको काठमाडौं भ्रमण तय भएको निर्देशक तथा निर्माता मीनबहादुर भामले जानकारी दिए ।

केही दिनको नेपाल बसाइमा उनले फिल्म ‘शाम्बाला’ हेर्ने र पोखरा घुम्ने कार्यक्रम तय छ । ‘सो मितिमा उहाँ काठमाडौं आउने पक्का भएको छ’ भामले भने, ‘उहाँले बर्लिनमै हेर्न खोज्नुभएको थियो, त्यहाँ मिलेन । सानो स्क्रिनमा हेर्दिन भन्नुभो । ठूलै पर्दामा फिल्म हेर्ने इच्छा राखेर आउन लाग्नुभएको हो ।’

प्रिमियरमा आउन खोजेपनि व्यस्तताले आउन नसकेको भामले जनाए । ‘अहिलेसम्म शाम्बाला हेर्ने कार्यक्रम छ । त्यसपछि पोखरा घुम्ने कि भन्ने कुरा छ’ उनले भने । हिरानीलाई नेपाल भ्रमणको क्रममा चलचित्र विकास बोर्डले पनि कार्यक्रम गर्ने बुझिएको छ ।

हिरानीले निर्देशन गरेका थ्री इडियट्स, पिके, सन्जु, डंकीले नेपाली बक्स अफिसमा समेत राम्रो कमाइ गरेका छन् ।

‘शाम्बाला’लाई गत साता बलिउड निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि प्रिमियरमा हेरिसकेका छन् । शाम्बाला शुक्रबारदेखि हलमा रिलिज भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?