
२८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको भाउ इतिहासकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको छ । यो बिहीबारको दाँजोमा तोलामै ३ हजार रुपैयाँ बढी हो ।
महासंघका अनुसार छापावाल सुनको भाउ बिहीबार १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने तोलाको १ लाख ५३ हजार ४ सय थियो ।
त्यसैगरी चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ६० पुगेको छ । बिहीबार तोलाको १ हजार ७ सय ९५ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4