+
+

प्रचण्ड र बाबुरामलाई सँगै राखेर बल्छी धुर्बेले घोषणा गरे सिरियल ‘राधाकृष्ण’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १३:४३

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले नयाँ वेब सिरिज ‘राधाकृष्ण’ ल्याउने भएका छन् । युट्युब दर्शकलाई लक्षित गर्दै उनले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जनाए ।

यसबारे जानकारी दिन उनले पत्रकार सम्मेलन आयोजना गरे, जहाँ पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई समेत उपस्थित थिए ।

यो सिरिजमा दशक लामो माओवादी सशस्त्र युद्धका घटनालाई चित्रण गरिने मरिचमानले जनाए । तर उनले आफू माओवादी भएको भन्ने अफवाह नफैलाउन समेत आग्रह गरे ।

‘हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठूलो परिवर्तन गरेको छ’ उनले भने, ‘त्यो अवस्थामा के भएको थियो, कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्ने बारेमा हुन्छ । एउटा कुरा के नभुलौं भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔं ।’

गोरखाको ताकुकोट घर भएका हास्य कलाकार बल्छी धुर्वेलाई प्रचण्ड र डा. भट्टराईले बधाई दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?