+
+

बागलुङ गाडी दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १४:०८

२८ भदौ, काठमाडौं । रुकुम पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको ज्यान जाने गरी बागलुङमा भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुख व्यक्त गरेका छन् । उनले शोकाकुल परिवारप्रति समवेदनासमेत व्यक्त गरे ।

आज बिहान करिब पौने ९ बजेतिर रा १ झ २०० नम्बरको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगरसहित उनकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?