+

एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक

२०८१ भदौ  २८ गते १४:१४ २०८१ भदौ २८ गते १४:१४
एनपीएलका ८ मार्की खेलाडीको नाम सार्वजनिक

२८ भदौं, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मार्की खेलाडीमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।

तर कुन खेलाडीलाई कस्ले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्र मार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

‘८ मार्की खेलाडी सार्वजनिक गरेका छन् । यसको बारे सम्पूर्ण जानकारी हामी शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिने छौं’ । मार्की खेलाडीको छनोट लक्की ड्र मार्फत निर्धारण हुनेछ’, लामाले भने ।

एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर छन् ।

हरेक टोलीले एक एक मार्की खेलाडी टोलीमा समावेश गर्नेछन् । क्यानले एनपिएलको अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने गरी तयारी गरेको छ । जसमा एक टोलीमा १६ खेलाडी हुनेछन् ।

एनपीएल नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय