+
+

केई गाडीको ‘टेस्ट ड्राइभ’ कार्यक्रम भोलि र पर्सि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १४:०८

काठमाडौं । नेपालकका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीका अनुसार २९ भदौमा थापाथली शोरुममा र ३० भदौमा नक्सालस्थित भाटभाटेनी शोरुममा केईको इलेक्ट्रिक एसयूभी एक्स३ प्रो ईभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्युट ०४ र ई-क्युट ०२ टेस्ट ड्राइभ गर्न सकिनेछ ।

प्रत्येक टेस्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहारहरू राखिएको र सहभागीहरूमध्ये एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

टेस्ट ड्राइभ कार्यक्रमबारे विस्तृत जानकारी लिन कम्पनीको कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्डको गाडी नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?