+
+

कर्णालीमा बाढीले खतरा संकेत पार गर्‍यो, महाकाली र बबईमा प्रवाह घट्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १४:३२

२८ भदौ, काठमाडौं । भारी वर्षाले पश्चिमी नेपालका कर्णाली, महाकाली र बबईले खतराको तह पार गरेर सामान्य अवस्थामा फर्किन थालेका छन् । यो समाचार तयार पार्दासम्म महाकाली नदीको खतराको तह भने कायमै छ ।

कैलालीको चिसापानीस्थित बाढी मापन केन्द्रमा कर्णालीको बाढी १०.९२ मिटर पुगेको छ । यो नदीको खतराको संकेत १०.८ तोकिएको छ । अहिले उक्त नदीको प्रवाह भने स्थिर छ ।

त्यस्तै महाकाली र बबई नदीमा खतराको तह पार गरेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन सूचना जारी गरेको छ । यो समाचार तयार पार्दासम्म चाँदनी दोधारास्थित मापन केन्द्रले महाकालीको बाढी प्रवाह ६.९९ मापन गरेको छ । यो केन्द्रमा खतराको तह ६.५ मिटर हो ।

यसैगरी कञ्चनपुरको दोदा केन्द्रका अनुसार महाकाली नदीको बाढी ३.५५ मा झरेको छ । यहाँ बाढीको सतह ४ मिटर पुगेपछि खतराको मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दोदा केन्द्रमा महाकाली नदीको बाढीको सतह घट्दो क्रममा छ ।

यसैगरी महाकाली डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा भने जलसतह सतर्कताको तह पार परेको छ । यहाँ सतर्कताको तह ६.८० मिटर र खतराको तह ८ मिटर मानिन्छ । यो समाचार तयार पार्दासम्म महाकालीको दोदा केन्द्रमा बाढीको सतह ७.७९ मिटर पुगेको छ ।

यसैगरी बर्दियाको चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ६.७६ मिटरमा झरेको छ । यो केन्द्रमा बबईको बाढीको सतह ६.८० पुगेपछि खतरा मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीका अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?