+

काभा पुरुष भलिबल टोलीमा एउटै स्कुलका ३ जना

२०८१ भदौ  २८ गते १५:०६ २०८१ भदौ २८ गते १५:०६
काभा पुरुष भलिबल टोलीमा एउटै स्कुलका ३ जना

२८ भदौ,बुटवल । सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) को आयोजनामा आगामी अक्टोबरको पहिलो साता श्रीलंकामा हुने प्रतियोगितामा भाग लिने १२ जनाको टोलीमा बुटवलको एउटै स्कुलका ३ जना विद्यार्थी छनोट भएका छन् ।

लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै बुटवलको न्यू होराइजन माविका विद्यार्थीहरु सूर्य विक, सागर रसौली र लेशमन राहाडीमगर टोलीमा छनोट भएका हुन् । सात प्रदेशमा भएको छनोटबाट सबैभन्दा धेरै लुम्बिनी र सुदूरपश्चिमबाट ३–३ जना छनोट भएका हुन् ।

यसअघि १८ जना छनोट भएकामा एक महिनासम्म चलेको बन्द प्रशिक्षणबाट उत्कृष्ट १२ खेलाडी छनोट भएका हुन् ।

टोलीमा पहल गहतराज (कर्णाली), सुरेश मल्ल (सुदूरपश्चिम), अशोक राना (सुदूरपश्चिम), शैलेन्द्र यादव (मधेश प्रदेश), जित बहादुर सार्की (गण्डकी), सुर्य वि.क. (गण्डकी), सुजन सुनार (बागमती), अर्जुन नेपाली (सुदूरपश्चिम) र विश्वास अधिकारी (गण्डकी) छनोट भएका भलिबलका राष्ट्रिय प्रशिक्षक अर्जुन घिमिरेले जानकारी दिए ।

न्यू होराइजनबाट छनोट भएका खेलाडीहरुलाई विद्यालयले खेल सामग्रीसहित सम्मान गरेको छ ।

 

काभा भलिबल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय