+
+

प्रतिवेदनलाई अन्तिम रूप दिँदै सहकारी संसदीय छानबिन समिति

गृहमन्त्री र प्रहरी प्रमुखसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते ११:२७
फाइल तस्वीर

२८ भदौ, काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।

शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिए ।

‘शुक्रबार अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछौं,’ सभापति थापाले भने, ‘आजै छलफल टुंग्याएर प्रतिवदनलाई अन्तिम रूप दिने कार्य हुन्छ ।’

गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको उनले बताए ।

सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले बताए ।

समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो ।

१५ भदौमा बसेको प्रतिनिधि सभा बैठकले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्ने निर्णय गर्दै २२ जेठमा पहिलो बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?