+
+

बानेश्वरस्थित आईएनआईको हलमा शनिबार ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:१६

काठमाडौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो ।

यसका लागि शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ ।

अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिएका छन् । बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन् ।

आइएनआईका निर्देशक सुरेन्द्र थापाले पनि वार्षिकोत्सवको अवसरमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने बताए । शुक्रबारदेखि आइतबारसम्म अन्य फिल्म हेर्दा दर्शकले निःशुल्क पपकर्न पाउनेछन् भने लक्की ड्रमा समावेश भएर ५० जना दर्शकले आकर्षक पुरस्कार जित्न सक्ने जनाइएको छ ।

‘छक्कापञ्जा ४’ गतवर्षको हिट फिल्म हो । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरेको यसमा शीर्ष भूमिका छ । आउँदो दशैंको फूलपातिमा ‘छक्कापञ्जा’को पाँचौ श्रृंखला रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?