+
+

क्रिप्टो करेन्सी कारोबारको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:१४

२८ भदौ, काठमाडौं । अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीको गैडाकोटी नगरपालिका–४ घर भएका २२ वर्षीय प्रज्ञान रिमाल र बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका २० वर्षीय आयुष शर्मा छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको मनमैजुबाट २६ भदौमा शर्मालाई र सोही दिन ठमेलबाट रिमाललाई पक्राउ परेको हो ।

पक्राउ परेकाहरु विरुद्ध अभौतिक मुद्राको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?