+
+

संसदको वर्षे अधिवेशन अन्त्यको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:२०

२८ भदौ, काठमाडौं । सरकारले संघीय संसदको चालू वर्षे अधिवेशन अन्त्यको तयारी छ । अब बस्ने मन्त्रिपरिषदको बैठकबाट संसद अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्नेबारे सरकारले सत्तारुढ दलहरूसँग परामर्श गरेको छ ।

‘भदौ ३१ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा सम्बोधन गर्दै हुनुहुन्छ । सम्भवतः त्यही दिन रातीबाट संसदको चालू अधिवेशन समेत अन्त्य हुने सम्भावना छ’ एक मन्त्रीले जानकारी दिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदको चालू अधिवेशन अन्त्यबारे छलफल चलिरहेको बताए । ‘अब धेरै लामो समय जाँदैन’ उनले भने ।
गत वैशाख २८ गते संसदको चालू अधिवेशन सुरु भएको थियो ।

बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो ।

बजेट र बजेट आश्रित विधेयकबाहेक लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चालू अधिवेशनबाटै पास भएको हो । जो प्रमाणीकरण भएर लागू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?