+
+

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:४४

२८ भदौं, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजीनामा दिएका छन् ।
डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।

डा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो । तर मन्त्रीज्यू बाहिर कार्यक्रममा हुनुहुन्थ्यो,’ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मन्त्रीलाई नभेटेपछि सचिवालयमा छोडेर जानुभयो ।’

१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो ।

सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जनाएको छ । डा. लोहनीलाई राजीनामा दिएको विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?