+
+

बेनिशाले किनिन् विद्युतीय गाडी, भन्छिन्- खर्च जोगिने र वातावरणमैत्री पनि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:५४

काठमाडौं । विद्युतीय कारप्रति सेलिब्रेटीको आकर्षण बढ्ने क्रममा छ । सोही क्रममा अभिनेत्री बेनिशा हमालले ओमोडा ब्राण्डको नयाँ विद्युतीय कार किनेकी छन् ।

उनले गत आइतबार झण्डै ६२ लाख रुपैयाँ मूल्य पर्ने उक्त कार किनेकी हुन् । लागत पनि किफायती रहेको र वातावरणमैत्री भएकाले पनि आफूले विद्युतीय कार खरिद गरेको उनले बताइन् ।

‘हामी धेरै हिंडिरहनुपर्छ । किफायती र वातावरणमैत्री पनि हुने भएकाले यो कार किनेकी हुँ’ फिल्म ‘एक्लो’ छायांकनका लागि जोमसोममा रहेकी बेनिशाले अनलाइनखबरसँग भनिन् ।

पछिल्लो समय विद्युतीय गाडीप्रतिको आकर्षण बढेकाले आफूलाई पनि यसप्रति रुचि लागेको उनले बताइन् । ‘यसै पनि लङ ड्राइभमा जान ब्रेक लिनैपर्छ । ४३० को रेन्जमा भएकाले पनि सजिलो छ’ उनले भनिन् ।

कलाकारहरु हरिवंश आचार्य, रामकृष्ण ढकाल, सञ्जोग कोइराला, सागर लम्साल बले, गरिमा शर्मा लगायतले पनि विद्युतीय गाडी चढ्दै आएका छन् ।

बेनिशाको कुरा गर्दा उनी एक्लोपछि कल्ली र मोहोर फिल्ममा व्यस्त हुनेछिन् । भारतीय फिल्म ‘दुर्गम’को सुटिङका लागि पनि त्यसतर्फ जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?