+
+

भोटेकोशी नदीमा गाडी खस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १६:५१

२८ भदौ, काठमाडौं । सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको बताए ।

गाडी नदीमै खसेको हुनाले कुन गाडी हो भन्नेसम्म यकिन हुन बाँकी रहेको उनले बताए । ‘हामीले स्थानीयहरुसँग समेत सोधपुछ गरेका छौं । तर गाडीसमेत यकिन हुन सकेको छैन । नदीको बहाव पनि ठूलो भएकाले गाडी निकाल्न समस्या भइरहेको छ’ एसपी खड्काले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?