+

कारागार विभागमा नयाँ महानिर्देशक, २ सहसचिवलाई गृहमै जिम्मेवारी

२०८१ भदौ  २८ गते १७:२० २०८१ भदौ २८ गते १७:२०
कारागार विभागमा नयाँ महानिर्देशक, २ सहसचिवलाई गृहमै जिम्मेवारी

२८ भदौ, काठमाडौं । गृह मन्त्रालयले नारायणप्रसाद भट्टराईलाई कारागार व्यवस्थापन विभागको महानिर्देशक बनाएको छ । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाबाट शुक्रबार भट्टराईलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको हो ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएपछि सो पद रिक्त थियो । सो पदमा मन्त्रालयको प्रवक्ता समेत रहेका भट्टराईलाई जिम्मेवारी दिइएको हो ।

गृहले सुरक्षा समन्वय महाशाखामा सहसचिव ऋषिराम तिवारीलाई जिम्मेवारी दिएको छ । उनी ३१ साउनमा गृह मनत्रालयमा सरुवा भएर आएका सहसचिव हुन् ।

यसैगरी मन्त्रालयका सहसचिव डा. टोकराज पाण्डेलाई नीति, योजना मूल्यांकन तथा अनुगमन महाशाखा राखिएको छ ।

मन्त्रालयमा सो महाशाखा प्रमुख पद सो पद रिक्त थियो । पाण्डे ३१ साउनमा अर्थ मन्त्रालयबाट गृहमा सरुवा भएर आएका थिए ।

कारागार विभाग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय