+
+

पर्यटन बोर्डका सीईओ र इन्डोनेसियाका पर्यटन उपमन्त्रीबीच भेट 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १७:४४

२८ भदौ, काठमाडौं । इन्डोनेसियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयकी पर्यटन उपमन्त्री नी माडे आयु मार्थिनी र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशी बीच भेटवार्ता भएको छ ।

भेटमा दुई देशको पर्यटन प्रर्वद्धन तथा आपसी सहकार्यका विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डमा शुक्रबार भएको भेटघाटमा दुवै देशको पर्यटन प्रवर्द्धनमा आपसी सहकार्यमा जोड दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त भएको बोर्डले जनाएको छ ।

भेटमा उपमन्त्री नी माडे आयु मार्थिनीले नेपालको कला, संस्कृति र सुन्दरताले आफू मोहित भएको बताउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘नेपाल साँच्चिकै सुन्दर देश रहेछ । यहाँको आतिथ्यता र यहाँका नागरिकको व्यवहारले म साँच्चिकै मोहित भएकी छु । नेपालमा पर्यटनको पर्याप्त सम्भावना देखेकी छु । नेपालको पर्यटन प्रवर्द्धनका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन् ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल इन्डोनेसियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै बोर्ड आससी सहकार्यका लागि सधैं तयार रहेको बताए ।

‘नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धनका लागि विगतमा पनि सहकार्य थियो, हामी त्यो सहकार्यको निरन्तता चाहन्छौं, जसबाट नेपालको पर्यटन प्रवर्द्धन हुन सकोस्,’ उनले भने ।

उनले दुवै देशको पर्यटन प्रवर्द्धनका लागू बीटुबी गर्न सकिने तथा सिधा र नियमित उडान गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए ।

सो अवसरमा नेपाल र बंगलादेशका लागि इन्डोनेसियाका राजदूत हेरु हर्तान्नो सुबोलो इन्डोनेसियाको पर्यटन बोर्ड तथा नेपाल पर्यटन बोर्डबीच सहकार्यका गर्नु पर्नेमा जोड दिँदै दुवै देशलाई फाइदा पुग्ने गरी प्रवर्द्धनात्मक कार्यक्रम गर्न सकिने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?