+
+

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १७:५८

२८ भदौ, काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषदका सबै सदस्य बैठकमा सहभागी छन् । बैठकमा भावी प्रधानन्यायाधीश, निर्वाचन आयुक्त लगायत संवैधानिक पदहरुमा सिफारिस गर्ने एजेण्डा छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र प्रमुख विपक्षी दलका नेता सदस्य रहने संवैधानिक व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?