+
+

चीनले बढायो कर्मचारीको अवकाश पाउने उमेर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २८ गते १८:१९

२८ भदौ, काठमाडौं। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो ।

यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको उमेर ५० वर्षबाट बढाएर ५५ वर्ष कायम गरिएको छ ।

यस्तै ह्वाइट कलर (पेशेवर) महिलाका लागि उमेर हद ५५ बाट ५८ वर्ष बनाइएको छ ।

पुरुषको अवकाश उमेर भने ६० वर्षबाट बढाएर ६३ वर्ष बनाइएको छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार नयाँ अवकाश उमेर १जनवरी २०२५ बाट लागू हुनेछ । र, १५ वर्षसम्म केही महिनामा थोरै थोरै अवकाशको उमेर बढाइनेछ ।

सिन्ह्वाका अनुसार कानुनले तोकेको उमेरभन्दा पहिला अवकाशका लागि अनुमति दिइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?