+

विनयराज पाण्डेलाई लाइफ टाइम अवार्ड

२०८१ भदौ  २८ गते १८:२३ २०८१ भदौ २८ गते १८:२३
विनयराज पाण्डेलाई लाइफ टाइम अवार्ड

२८ भदौ, काठमाडौं । नेपालमा क्रिकेटको जग हालेका विनयराज पाण्डे ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार गरेको पल्सर स्पोर्टस्  अवार्डमा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष पाण्डेलाई यो अवार्ड प्रदान गरिएको हो ।

जयकुमारनाथ शाहको नेतृत्वमा क्रिकेट संघ स्थापना हुँदा पाण्डे महासचिव थिए ३८ वर्षसम्म महासचिव रहेका उनी उनी २००५ देखि २०११ सम्म अध्यक्ष रहे ।

पाण्डे क्रिकेट संघको नेतृत्वमा रहँदा नेपाल क्रिकेटको विकासको श्रृखला तयार भएको थियो । उनले नेपाली क्रिकेटको अन्तराष्ट्रिय सम्बन्ध स्थापनामा उनले उल्लेख्य भूमिका खेलेका छन् ।

लाइफ टाइम अवार्ड विनयराज पाण्डे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय